सुरक्षा तथा दैनिक जीवनस्तरसम्बन्धी कोष

आवेदन भर्नुहोस्

यो कोष एशिया र प्रशान्त क्षेत्रका महिला र गैर-द्वयसांख्यिक मानवअधिकार रक्षक र संघसंस्थाहरूका लागि उपलब्ध छ, जसलाई आफ्नो सुरक्षा र दैनिक जीवनस्तरका लागि तत्काल वा आपतकालिन आवश्यकता परेको हुन्छ । यो कोष महिला अधिकार र मानव अधिकारको रक्षा गर्दा खतरा वा संकटकालिन अवस्था, संकट वा जोखिम भोगीरहेका कुनै व्यक्ति वा संस्थाको लागि बनाइएको हो । यो कोष मनो-सामाजिक परामर्श, मानसिक आघातपनको उपचार, वा स्वास्थ्य सहायताजस्ता तुरुन्तै उपलब्ध हुनुपर्ने आवश्यकता परिपूर्तिको लागि पनि उपलब्ध छ ।

कोषको प्राथमिकता

  • महिला वा गैर-द्वयसांखिक मानवअधिकार रक्षकहरू यो कोषको प्राथमिक लाभकर्ता हुनेछन्; महिला वा गैर-द्वयसांखिक नेतृत्वः महिला अधिकार संस्थाहरूको अनुमोदनसहित आएका आवेदनहरूलाई प्राथमिकता दिइनेछ ।
  • मानवअधिकार केन्द्रितः मानवअधिकार रक्षक वा संस्थाले महिला तथा सीमान्तकृत यौन अभिमुखीकरण, लैंगिक पहिचान तथा यौन विशेषताका व्यक्ति (LGBTQI) हरूको मानवअधिकारको प्रबर्द्धन गर्नुपर्दछ । अहिंसात्मक नीति तथा रणनीतिहरूको अवलम्बन गरी मानवअधिकारको विश्व-व्यापकतालाई सम्मान गरेको हुनुपर्दछ;
  • अप्रत्यासित र/वा अपर्झटः रक्षक वा उनीहरूका संस्था जोखिममा परेको विशेष घटना वा परिस्थितिमा आपतकालिन वा संकटकालिन संबोधन गरिएको हुनुपर्दछ;
  • सुरक्षा र दैनिक जीवनस्तरको लागि सहयोगः अनुरोध गरिएको कोष रक्षक वा उनीहरूका संस्थाहरूको सुरक्षाका उपायहरू (जस्तैः कानूनी सहायता, स्थान परिवर्तन वा सुरक्षित स्थानमा सर्ने, जोखिम मूल्याङ्कन र प्रशिक्षण, सुरक्षाका उपकरणहरू); र/वा दैनिक जीवनस्तरका लागि आवश्यक (जस्तैः मनोवैज्ञानिक परामर्श, मनोसामाजिक आघातको उपचार, स्वास्थ्य-चिकित्सा सहायता) कुराहरूका निमित्त हुनुपर्दछ;
  • संकटको बेला वा संकटलगत्तैः अनुरोध गरिएको कोष संकटको समयमा, वा त्यसलगत्तै रक्षक वा उनीहरूको संस्थाहरूको सुरक्षा र दैनिक जीवनस्तरमा सहयोग गर्नका लागि हुनुपर्दछ;
  • सहायता वा सञ्जालः रक्षक वा उनीहरूको संस्थासँग अन्य महिलाका मानव अधिकार, यौन अधिकारमा संलग्न वा स्थानीय एवं राष्ट्रिय तहका मानवअधिकारसँग सम्बन्धित क्षेत्रको समर्थन हुनुपर्दछ ।

 

प्रायः सोधिने प्रश्नहरू यहाँ पढ्नुहोस्

सम्पर्कका लागि grants@uafanp.org मा इमेल पठाउनुहोस् ।

 

आवेदन भर्नुहोस्

or

UAF A&P कोषले आर्थिक सहायता नगर्ने क्षेत्रहरूः
  • त्याचलिंगी पुरुष*हरूका लागि वा त्याचलिंगी पुरुषहरूले नेतृत्व गरेका संस्थाहरू वा सञ्जालहरू;

  • कुनैपनि संस्थाको समर्थनबिना वा कुनैपनि संस्थाले अनुमोदन नगरेका व्यक्तिगत तवरमा प्राप्त भएका आवेदनहरू;

  • स्थापित समुदाय वा स्थापित सञ्जालमा आवद्धता भएकाहरू वा UAF A&P का सल्लाहकारहरू;

  • मानवीय संकट वा प्राकृतिक विपदहरूसम्बन्धी परियोजनाहरू वा त्यससम्बन्धी क्रियाकलापहरू;

  • विकास सहायता वा परोपकारी/दान सहायोगमा केन्द्रित परियोजना वा क्रियाकलापहरू;

  • कुनैपनि संस्थाको परियोजनाको अंगको रुपमा चलिरहेका नियमित क्रियाकलापअन्तर्गतका कार्यक्रमहरू;

  • नियमित रुपमा सञ्चालित बजेटहरू वा/र बजेट परिपूर्तिका लागि;

* त्याचलिंगी पुरुष भन्नाले जन्मँदाको बखत लिएर आएको यौनाङ्गको आधारमा पुलिंगी इंगित गरिएको र आफ्नो लैंगिक पहिचान पुरूष नै भएको व्यक्तिलाई जनाउँछ ।